
२८ माघ, ललितपुर । पाटन अाैधाेगिक क्षेत्रभित्र रहेकाे एक कारखानामा दिउँसो करिब २:३० बजे आगलागी भएकाे छ ।

अशोक लामाले दिएको जानकारीअनुसार औद्योगिक क्षेत्रको ब्लक नम्बर ०९ को कारखानामा शुक्रबार दिउँसाे करिब २:३० बजेतिर अागाे लागेपछि ललितपुर, काठमाडाैं र भक्तपुरबाट गएको दमकल साथै पानी ट्याङ्कर र राजदल गणबाट खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले अागाे नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट क्षति भएको एकीन विवरण आउन बाँकी रहे पनि १ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।













