पार्टी एकतामा पद बाधक छैन: प्रचण्ड

२६ माघ ०७४, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले एमाले र माओवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढेको र एकता मोडालिटीबारे छलफल भइरहेको बताएका हुन् । उनले भने-  ‘राजनीतिक लाइन र संगठनिक ‘सेटिङ’ मिलाउनका लागि छलफल भएरहेको छ । हामी सबैलाई स्वीकार्य हुने खालको व्यवस्थाप गर्दैछौं ।’

अध्यक्ष प्रचण्डले आफू र एमाले अध्यक्ष ओली दुवै जना पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसकेकाले पद नमिलेको कारण पार्टी एकतामा ढिलाइ नभएको बताए ।

उनले एमाले नेताहरुको कार्य व्यस्तताका कारणले पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको बताउँदै आफू चितवनबाट फर्किएलगत्तै संयोजन समितिको बैठक बसेर एकता प्रक्रिया अघि बढाउने बताए ।

तपाइको मत