पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न

१८ माघ ०७४, काठमाडौं । वाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ ।

बिहीबार बालकोटमा पार्टी एकता संयोजन समितिको बैठकमा दुई पार्टीका अध्यक्षबीच पार्टी एकताका विषयमा भएका प्रगतिको ब्रिफिङ गरेका छन् ।

त्यसैगरी बैठकले राष्ट्रिय सभा सदस्य, प्रदेश सभाका मुख्यमन्त्री र मन्त्रीहरु छनोटबारे कार्यदलले दिएको प्रतिवेदनलाई पनि अनुमोदन गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

बैठकमा एकताबारे नजिक पुगिसकेको निचोड निकाल्दै यसलाई निष्कर्षमा पु¥याउन दुई अध्यक्षबीच अझै केही चरण संवाद अघि बढाउने सहमति पनि जुटेको अधिकारीले बताए । ‘एकताबारेमा अब अझै एक दुई चरण दुई अध्यक्षबीच छलफल गरेर सहमतिमा पुग्ने निर्णय भएको छ’, उनले भने, ‘त्यसपछि दुई अध्यक्षको निर्णयलाई संयोजन समितिमा अनुमोदन गराउने निर्णय पनि भएको छ ।’

 

तपाइको मत