१९ फागुन ०७४, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन् ।
शनिबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता थापाले दुई तिहाई बहुमत पुर्याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्मा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने बताएका हुन् ।
उनले अहिलेको परिवेशमा विपक्षी दलको भूमिका गुण र दोषका आधारमा सरकारलाई सहयोग र विरोध मात्रै नभएर संविधानको मर्मअनुसार सरकार चल्यो कि चलेन भनेर त्यसको रेखदेख गर्ने जिम्मेवारी पनि भएको बताए ।













