पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते

८ साउन ०७९, पाल्पा । बागलुङको बुर्तिबाङबाट बुटवलतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार बस आइतबार बेलुकी ५ बजेतिर पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा लु १ ज ५९५२ नम्बरको बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको हो ।

उनले सो दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमै मृत्यु भएको साथै १६ जना घाइतेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको बताए ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए ।