२५ माघ, पाल्पा । पाल्पामा लु १ ज २६८९ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
पाल्पा दोभानको श्रीडाँडामा मंगलबार राति भएको दुर्घटनामा जसविर बकावल मगर, मिनबहादुर थापा मगर, हरि बहादुर राना र यमबहादुर रानाको मुत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार मृत्यु हुने सबैजना दोभान २ देउरालीका हुन् । १६ जना घाइतेमध्ये चार जनाको स्थिति गम्भीर रहेको र घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको छ ।













