पाैडेल हत्याकाे विरोधमा रुपन्देही बन्दको घोषणा

२१ पुस ०७४, रुपन्देही । व्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा युवा संघ नेपालले रुपन्देही बन्दको घोषणा गरेको छ ।

युवा संघ नेपालले हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै अनिश्चितकालीन बन्द आहृवान गरेको हो । संघले शुक्रबार नै बुटवलमा हत्याको विरोधमा २ घण्टा चक्काजाम गरेको छ ।

शुक्रबार विहान अज्ञात समूहले फर्निचर व्यवसायी पौडेलमाथि देवदहमा बिहान करिब सवा ११ बजे  गोली हानेका थिए ।  टाउको र छातीमा गोली लागेका उनको उपचारका क्रममा निधन भएको छ ।

तपाइको मत