३१ बैशाख ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले स्थायी कमिटी बैठक स्थगित गरिनु गैरजिम्मेवारपन भएको बताएका छन् ।
बुधबार नेता रावलले कोरोना संक्रमणको बहना बनाएर बैठक गरिनु षड्यन्त्र र गैरजिम्मेवार राजनीतिको भद्दा स्वरूप भएको बताएका हुन् ।
उनले बुधबार ट्वीट गर्दै भनेका छन्, “स्थायी कमिटीका सबै सदस्यहरूको पिसिआर परीक्षण नभएकाले बैठक स्थगित गरियो भन्नु षड्यन्त्रकारी र गैरजिम्मेवार राजनीतिको भद्दा स्वरूप हो ।”
यस्ता प्रवृत्ति र व्यवहारले सरकार सञ्चालनमा समस्या आएको भन्दै उनले भने, “केही दिनअघि बालुवाटार निकट भनिएका सांसद र नेताहरूका भेला गर्दा पिसिआर परीक्षण खोजिएको थिएन ।’