१४ फागुन ०७७, काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सर्वोच्च अदालतले ११ फागुनमा विघटनको निर्णय बदर गरेको थियो ।
सर्वोच्च अदालत १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेसँगै आज बसेको मन्त्रिपरिषद बैठकले अदालतको आदेश कार्यान्वयन गर्दै २३ फागनमा प्रतिनिधिसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अब मन्त्रिपरिषदको निर्णय तथा सरकारको सिफारिसअनुसार संसद अधिवेशन आह्वान गर्नेछिन् ।