पुरानाे मतदाता परिचय पत्रले भोट हाल्न नपाइने

२७ बैशाख ०७४, काठमाडौं । निर्वाचन आयोगले यसअघिको मतदाता परिचय पत्रले स्थानीय तह निर्वाचनमा भोट हाल्न नपाइने बताएको छ ।

आयोगले मतदाता परिचय पत्रको स्वरुप परिवर्तन, मतदान केन्द्र परिवर्तन भएकाले पुरानो मतदाता परिचय पत्रले भोट हाल्न नपाइने बताएको हाे ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बैशाख २८ देखि ३० गतेसम्म आफ्नो मतदान स्थलमा पुगेर नयाँ परिचय पत्र लिन मतदातालाई आग्रह गरेका छन् ।

मतदाता पुरानो कार्ड बोकेर बसेको र त्यसैका आधारमा मतदान गर्ने तयारी गरेको पाइएकाे भन्दै प्रवक्ता शर्माले बैशाख २८ गतेदेखि वितरण गर्ने नयाँ कार्डका आधारमा मात्र भोट हाल्न पाइने स्पष्ट पारे ।

तपाइको मत