२५ कार्तिक ०७४, काठमाडौं । वाम गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुनमगर सवार गाडी एम्बुसमा परेको छ ।
शनिबार पूर्वमन्त्री पुन सवार बा १५ च ८६२८ नम्बरको गाडी सुकिदह गाउँपालिकामा चुनावी सभा सकेर फर्किदैँ गर्दा माडीगाउँपालिका वडा नं. १ को भित्तावाङमा एम्बुसमा परेको हो ।
स्कर्टिङको प्रहरी गाडी र पूर्वमन्त्री पुन सवार गाडीको बीचमा एम्बुस परेकाले दुईवटा गाडीमा समान्य क्षति भएपनि कुनै मानवीय क्षति भने भएको छैन ।
पुनसँगै प्रदेशसभाका उम्मेदवार दीपेन्द्रकुमार पुन, समानुपातिक उम्मेदवारहरु जयपुरी घर्तीमगर, हरिसरा घर्तीमगर एमालेका समानुपातिक उम्मेदवारद्वय कुमार दशौदी र ईश्वरी घर्तीमगर समेत छन् । टोलीमा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, एमाले अध्यक्ष हरिप्रसाद घर्तीमगर र माओवादी केन्द्रका अध्यक्ष सुरेन्द्र घर्ती समेत सवार थिए ।













