पूर्वगृहमन्त्री शर्माको गाडी दुर्घटना

२० माघ ०७४, ललितपुर । पूर्वगृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको गाडी  दुर्घटना भएको छ ।

बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएको गाडी  ललितपुरको पुल्चोक पुल नजिकै दुर्घटना भएको हो । गाडीमा शर्माको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए ।

दुबै जना सकुशल रहे पनि गाडीमा सामान्य क्षति पुगेको भएपनि गाडी दुर्घटनाको कारण भने खुलेको छैन ।

तपाइको मत