पूर्वप्रधानमन्त्री माधव नेपालका सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता

११ कार्तिक ०८२, काठमाडौं । अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गरिदिएको छ ।

स्रोतकाअनुसार नेपाल भ्रष्टाचारका अभियुक्त भएका कारणले पूर्वप्रधानमन्त्रीका रुपमा प्राप्त सुविधा कटौती गरिएको हो ।

यसअघि सरकारले नेपाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको थियो ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश दिएको थियो । आदेश लगतै उनले विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर रिहा भएका थिए ।