पूर्वराजालाई भेट्न राप्रपा अध्यक्ष थापा नर्भिकमा पुगे

५ साउन ०७४, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राप्रपा अध्यक्ष कमल थापा बिहीबार अपरान्ह नर्भिक अस्पतालमा पुगेका छन् ।

मुटुमा समस्या देखिएपछि बुधबारदेखि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजालाई भेट्न राप्रपा अध्यक्ष थापा दोस्रो दिनको बैठक सकेर नर्भिक अस्पतालमा पुगेका हुन् ।

राप्रपा अध्यक्ष थापाले अस्पतालमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् । थापाले पूर्वराजालाई भेटेर स्वास्थ्यलाभको कामना गरेको राप्रपा नेता राजाराम बर्तौलाले बताए ।

तपाइको मत