पूर्वराष्ट्रपति डा. रामवरण यादव बसेको घर खाली गराउन अदालतमा मुद्दा दायर

७ असार, काठमाडौं ।

Dera

पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई सरकारले उपलव्ध गराएको बहालवाला घर ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई सरकारले उपलव्ध गराएको घरको बहाल नबुझाएको भन्दै घर खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

घरधनी रविभक्त विष्टले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गर्दै सरकारले घर बहालबापत मासिक एक लाख ३० हजार रुपैयाँको दरले सात महिनाको घरबहाल, बिजुली, पानीको समेत १० लाख २४ हजार आठ सय १० रुपैयाँ असुल्न बाँकी रहेको बताएका छन् ।

विष्टले आफू डेरामा बस्नु परेको उल्लेख गर्दै ‘बहाल भराई घर खाली गराई पाउँ’ भनेर राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन शीतलनिवास, सरकार र पूर्वराष्ट्रपति यादवलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ ।

तपाइको मत