५ माघ, काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादव १० दिने भ्रमणका लागि शुक्रबार भारतको नयाँ दिल्ली उडेका छन् ।
पूर्वराष्ट्रपतिको रुपमा यादवको विदेश भ्रमण पहिलो भए पनि यो भ्रमण व्यक्तिगत रहेको उनका सहयोगीहरुले बताएका छन् । यादवका सहयोगीका अनुसार उनले नयाँ दिल्लीका साथै गुजरात, सोमनाथ लगायतका क्षेत्रको भ्रमण गर्नेछन् । दुई दिन राजधानी नयाँ दिल्लीमा बस्दा राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता हुनसक्ने बताइएको छ ।