३० साउन ०७४, काठमाडौं । मौसमविदले नेपालकाे पूर्वी क्षेत्रमा मौसममा क्रमिक सुधार आउन थालेको बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी नेपालमा भारी वर्षा नहुने तर देशैभर मध्यमखालको वर्षा भने जारी रहने बताएको छ ।
मौसमविद् राजु प्रधानांगका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणाली अघिल्लो दिनको तुलनामा कमजोर हुँदै गएको छ । तर, पश्चिम नेपालमा भने कमजोर हुन अझै केही समय लाग्ने उनको अनुमान छ ।
उनले मौसममा पूर्ण सुधार हुन अझै केही दिन लाग्ने बताए ।