पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर १२० रुपैयाँ कायम

२२ चैत्र ०७७, काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । मल्य बृद्धिसँगै पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ पुगेको छ । यसअघि गत चैत ३ गते पनि मूल्य बढाएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको भन्दै निगमले मूल्य बढाउनु परेको बताएको छ ।

खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।