पेट्रोलियम मजदुर संघद्वारा व्यक्तिगत सुरक्षा सामाग्री वितरण

१९ चैत ०७६, काठमाडौं । अन्टुफसम्बद्ध अखिल नेपाल पेट्रोलियम मजदुर संघ केन्द्रीय समितिले नेपाल आयल निगमको सहयोगमा पेट्रोलियम क्षेत्रमा कार्यरत मजदुरहरूलाई व्यक्तिगत सुरक्षा सामाग्री निःशुल्क वितरण गरेको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले एक कार्यक्रमका बीच बुधबार पेट्रोलियम मजदुर संघका केन्द्रीय पदाधिकारी टिमलाई सुरक्षा सामाग्री हस्तान्तरण गरेसँगै संघले उक्त सुरक्षा सामाग्री पेट्रोलियम मजदुरहरुलाई वितरण गरेको हो ।

पेट्रलियम मजदुरका केन्द्रीय अध्यक्ष शिव पोख्रेलले सो सुरक्षा सामाग्री काठमाडौं जिल्ला कमिटीअन्तर्गत रहेका ४ वटै इलाका अध्यक्षहरूलाई ६० प्याकेट (६०००) थान ग्लोव्स, ६० थान सेनिटाइजर, २००० थान माक्स काठमाडौं जिल्लामा कार्यरत पेट्रोलियम मजदुरहरूलाई वितरण गर्ने गरी हस्तान्तरण गरे ।

यस्तै ललितपुर जिल्ला कमिटी अध्यक्ष सुरोज महर्जनलाई १७०० थान ग्लोव्स, १७ थान सेनिटाइजर, ५०० थान माक्स ललितपुर जिल्लामा कार्यरत पेट्रोलियम मजदुरहरूलाई वितरण गर्ने गरी हस्तान्तरण गरिएको छ ।

त्यस्तै भक्तपुर जिल्ला कमिटी अध्यक्ष केदार खत्रीलाई जिल्लामा कार्यरत पेट्रोलियम मजदुरहरूलाई वितरण गर्ने गरी १३०० थान ग्लोव्स, १३ थान सेनिटाइजर, ३५० थान माक्स हस्तान्तरण गरिएको छ ।

त्यसैगरी काठमाडौं जिल्ला कमिटी अन्तर्गत रहेका ४ वटै इलाका अध्यक्षहरूलाई ६० प्याकेट (६०००) थान ग्लोव्स, ६० थान सेनिटाइजर, २००० थान माक्स काठमाडौं जिल्लामा कार्यरत पेट्रोलियम मजदुरहरूलाई वितरण गर्ने गरी हस्तान्तरण गरिएको छ ।

गण्डकी प्रदेश कमिटी अध्यक्ष दुर्गा प्रसाद कँडेलले अखिल नेपाल पेट्रोलियम मजदुर संघ र गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएनको सहकार्यमा पेट्रोलियम क्षेत्रमा कार्यरत मजदुरहरुको सुरक्षाका निमित्त केन्द्रीय समितिबाट उपलब्ध सुरक्षा सम्बन्धी सामग्री आजैदेखि वितरण गर्न सुरु गरिएको जानकारी दिएका छन् ।