पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन

१५ जेठ ०७९, काठमाडौं । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको ९ एन–एईटी कलसाइन रहेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।

चालक दलका तीन सदस्यसहित दुईजना विदेशी, चारजना भारतीय र तेह्रजना नेपाली यात्रु लिएर उडेको तारा एयरको उक्त विमान उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालअनुसार उक्त विमान बेलुकी ८ बजेसम्म नभेटिएपछि आजका लागि खोजी कार्य स्थगित गरिएको छ ।

सिलवालले भोलि बिहानैबाट स्थल तथा हवाई दुबै मार्गबाट पुनः खोजी कार्य सुरु गर्ने बताएका छन् ।

सो जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको तारा एयर स्रोतले बताएको छ ।