पोखरा सेती खोंचमा भएको विमान दुर्घटनामा ७२ जना सवार

१ माघ ०७९, काठमाडौं । पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ७२ जना सवार रहेको खुलेको छ ।

यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन् ।

जहाज काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि जहाज उडेको थियो ।

पोखरामा आइतबार भएको दुर्घटनामा परेको ९एन–एएनसी जहाजले २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।