पौडेल हत्याको विरोधमा रुपन्देही बन्द

२२ पुस ०७४, रुपन्देही । देवदह नगरपालिका २ ढेकार बस्ने ३५ बर्षीय फर्निचर व्यवसायी बसन्त पौडेलकाे हत्याको विरोधमा आज रुपन्देही बन्दको आह्वान गरिएको छ ।

एमाले निकट युवा संघ र अनेरास्ववियूले गरेको बन्दका कारण शनिबार रूपन्देहीकाे जनजीवन प्रभावित बनेको छ ।

पाैडेलकाे हत्यारालाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याई कडा कारबाहीको माग गर्दै बन्द आह्वान गरिएको हाे ।

शुक्रबार बिहान सवा ११ बजे कालो होण्डा साइन मोटरसाइकलमा मुखमा माक्स लगाई आएका २ जना अज्ञात ब्यक्तिहरुले प्रहार गरेको गोली लागेर पौडेलेको मृत्यु भएको थियो ।

रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले पाैडेललाई गाेली प्रहार गर्ने सुटरकाे पहिचान नखुलेको तर अनुसन्धान जारी रहेकाे बताएका छन् ।

पौडेलमाथि गोली प्रहार भएको केहीबेरमा प्रहरीकाे माेस्टवान्टेड सूचीमा रहेका मनाेज पुनले स्थानीय सञ्चारकर्मीलाई फोन गरेर घटनाको जिम्मा लिएका थिए ।

तपाइको मत