१३ कार्तिक ०७८, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै त्यसको विरोध गरेका छन् ।
नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले आफ्नै पार्टीको सरकार भएका बेला जनतालाई महंगी बढाउनु दुखद् भएको बताएका हुन् ।
‘मुख्य चाडपर्वको मुख्यमा पेट्रोल, डिजेल लगायतमा मुल्यवृृद्धि गरिएको छ, यो गलत भएको छ’ उनले भने, ‘हाम्रै पार्टीको नेतृत्वमा सरकार रहेको चाडबाडका बेला मूल्य बढाउनु ठिक भएन ।’