प्रचण्डलाई गठबन्धन नछोड्न कांग्रेसका नेता पौडेलको आग्रह

९ पुस ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन नछोड्न आग्रह गरेका छन् ।

पौडेल निकट एक नेताले दिएको जानकारीअनुसार पौडेलले प्रचण्डकै निवास खुमलटार पुगेर सत्तारुढ गठबन्धन नछोड्न आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको सरकारको सुरुमै आफू प्रधानमन्त्री बन्न पाउनु पर्नेमा अडान लिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा सकिने भोलि पुस १० गते अपरान्ह ५ बजे भएपनि गठबन्धन दलहरुले सरकारको नेतृत्व टुंगो लगाउन सकेको छैन् ।