७ जेठ ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश केन्द्रीत दल सरकारमा आए संविधान संशोधन हुने बताएका छन् ।
अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग सोमबार संसद भवन परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै मधेशवादी दलले सरकारमा आउने निर्णय गरे संविधान संशोधनको सहमतिमा हस्ताक्षर गरिने बताएका हुन् ।
संविधान संशोधनबारे राजनीतिक सहमति भइसकेको बताउँदै प्रचण्डले भने, ‘प्रधानमन्त्री र मैले विभिन्न चरणमा छलफल गरेर राजनीतिक सहमति जुटाइसेका छौं । सरकारमा आउने निर्णय हुनासाथ सहमतिमा हस्ताक्षर हुन्छ ।’
संविधान संशोधन एक वर्षे कार्यक्रम होइन् – ओली
ओली सरकारलाई समर्थन गरेका मधेशवादी दलले नीति तथा कार्यक्रममा संविधान संशोधन गर्ने प्रतिबद्धता नआएको भन्दै असन्तुष्टि जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन एक वर्षे कार्यक्रम नभएको बताएका छन् ।
‘संविधान संशोधन एक वर्षको कार्यक्रम होइन्’ प्रधानमन्त्री ओलीले भने, ‘आवश्यकताका आधारमा राजनीतिक सहमतिमा संविधान संशोधन हुन्छ ।’