६ साउन ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले माओवादी पार्टी बलियो नहुँदा संघीय लोकतान्त्रिक गणतन्त्र बलियो नहुने बताएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई बधाई तथा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
‘यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन’ प्रचण्डले भने ।
आगामी निर्वाचनबाट माओवादी केन्द्रले देशको नेतृत्व लिने बताउँदै उनले संघ र प्रदेशको निर्वाचनबाट मुलुकको जिम्मा लिने पार्टी बन्ने बताए ।













