१६ भदौ ०७९, काठमाडौं । प्रतिनिधिसभाको कार्यकालसम्बन्धी सरकारले नयाँ विधेयक ल्याउने भएको छ ।
सरकारले ल्याउन लागेको विधेयकमा प्रतिनिधिसभाको कार्यकाल नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट स्वतः समाप्त भएको मानिनेछ उल्लेख छ ।
कानुन मन्त्रालयका अधिकारीहरुका अनुसार प्रस्तावित विधेयकमा प्रतिनिधिसभाको कार्यकाल आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावपछि निर्वाचित सदस्यहरुले शपथग्रहण गरेपछि प्रतिनिधिसभाको पहिलो बैठक नबस्दासम्म रहने बताउँछन् ।
निर्वाचन आयोगको आचार संहिताअनुसार निर्वाचनमा उम्मेदवार हुन प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुपर्ने, राजीनामा नदिए उम्मेदवार भएपछि स्वतः सांसद नरहने उल्लेख गरिएको छ ।
प्रस्तावित विधेयक पास हुँदा सांसदहरुले चुनावपछिको पहिलो बैठक नबस्दासम्म सांसदको हैसियतका प्राप्त सेवा सुविधा लिन पाउने छन् ।













