प्रतिनिधिसभा बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चको आदेश

११ फागुन ०७७, काठमाडौं । सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको हाे ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।

सर्वोच्चमा संसद विघटनविरुद्ध १३ वटा रिट दर्ता भएका थिए ।