प्रतिनिधि र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन राष्ट्रपतिको आह्वान

१० मंसिर ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन उल्लासमय रुपमा  शान्तिपूर्ण ढंगले सफल बनाउन  आह्वान गरेकी छन् ।

निर्वाचनका अवसरमा आम मतदाताको नाममा राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा लेखिएको छ, ‘नेपालको संघीय संरचना अनुसार हुन गइरहेको पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा समेत उत्साह र उमंगकासाथ सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई म अनुरोध गर्दछु ।’

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा निर्वाचनलेनिर्वाचनपछि देश राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।

सन्देशमा लेखिएको छ, ‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको तथा उक्त निर्वाचन पछि मुलुक राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने छ भन्ने मलाई विश्वास लागेको छ ।’

 

नेपाल संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले ०७४ माघ ७ गते भित्र उक्त संरचना अन्तरगतका सबै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसै शिलशिलामा विगतमा स्थानीय तहको निर्वाचन उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ ।

 

तपाइको मत