प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी पूरा – निर्वाचन आयोग

२० मंसिर ०७४, काठमाडौं ।  निर्वाचन आयोगले दोस्रो चरण अन्तर्गत मंसिर २१ अर्थात् भोलि बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको बताएको छ ।

आयोगले बुधबार पत्रकार सम्मेलन गरी ४५ जिल्लाका प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ क्षेत्रमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

मतदाता तर्साउन निर्वाचन बिरोधी केही गतिबिधि भइरहेको भए पनि आयोगले सुरक्षा बन्दोबस्त गरिएकाले ढुक्क भएर मतदान गर्न जान अपील गरेको छ ।

‘एकाध घटनाबाट नडराई निर्भिकतापूर्वक मतदान गर्न मतदाताहरूमा आयोग हार्दिक अनुरोध गर्दछ’ पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने ।

प्रमुख आयुक्त यादवले यो निर्वाचनले संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनर्संरचना व्यवहारमै लागू भएर विद्यमान सङ्क्रमणकालको अन्त्य हुने बताए ।

तपाइको मत