प्रतिनिधि सभाको बैठक बस्दै : बजेटमाथि मन्त्रालयगत छलफल

२३ जेठ ०७९, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि मन्त्रालयगत छलफल गर्न प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संसद सचिवालयले आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने जनाएको छ ।

सचिवालयकाअनुसार आजको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, शहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका साथै सहकारी तथा गरिबी निवारण मन्त्रालयका बजेटमाथि छलफल हुने संसदको सम्भावित कार्यसूची रहेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा यही जेठ १५ गते १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए ।