प्रतिनिधि सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित

३१ जेठ ०७७, काठमाडौं । प्रतिनिधि सभाबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मत पारित भएको छ ।

शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संशोधन विधेयक दफावार छलफलपछि सर्वसम्मत पारित गरेको हो ।

सभामुख अग्नि सापकोटाले अद्यावधिक गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सालाई प्रतिनिधि सभा बैठकको दुई तिहाईभन्दा बढी मतले पास भएको घोषणा गरेका थिए ।

आजको बैठकमा २५८ सांसद उपस्थित रहेका थिए । बैठकमा उपस्थित सबै सांसदले संविधान संशोधन विधेयकको पक्ष मतदान गरेका थिए ।