२३ पुस ०७४, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीसमेत तोक्न नसक्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबद्वारा शनिबार आयोजित साक्षात्कारमा एमाले नेता पण्डितले यस्तो बताएका हुन् ।
उनले राष्ट्रियसभाको निर्वाचनसम्म कुर्ने र त्यसपछि पनि प्रधानमन्त्रीले राजीनामा नगरे सडकबाटै हटाउने बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले राष्ट्रियसभाको निर्वाचनपछि वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताएका थिए ।













