२४ पुस ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशहरूको अस्थायी राजधानी तोकेर अगाडि बढ्न सरकारलाई सुझाव दिएकी छन् ।
सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा राष्ट्रपतिले प्रदेशहरूको अस्थायी राजधानी तोक्न सुझाव दिएकी हुन् ।
भेटमा प्रदेश प्रमुखको नियुक्ति र माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको विषयमा पनि छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री देउवा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामको सम्बन्धमा जानकारी गराउन राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए ।यता सरकारले भने काठमाडौंमा नै बोलाएर प्रदेशसभा सदस्यको सपथग्रहण गर्ने तयारी गरिरहेको छ ।