६ फागुन ०७७, बिराटनगर । नेकपा ओली समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १, प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ ।
प्रचण्ड–माधव समूहलाई ओली समूहले निर्वाचन आयोग र नेपाली कांग्रेसको निर्णय पर्खिन भन्दै यस्तो आग्रह गरेकोे हाे ।
प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओली पक्षमा रहेका मुख्यमन्त्री राईविरुद्ध पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओली समूहले प्रदेशसभा भंग हुनसक्ने चेतावनी दिएका छन् ।
केही समय अघि मुख्यमन्त्री राईले आरामले अविश्वासको प्रस्ताव सामना गर्छु भने पनि कांग्रेसले समर्थन नगर्ने र आफ्नो एकल बहुमत नपुग्ने अवस्था आएपछि सत्तारुढ पक्षले नै प्रदेशसभा अवरुद्ध गर्दै आइरहेको छ ।
प्रदेशसभाकाे अर्को बैठक फागुन ९ गते बोलाइएको छ ।