६ बैशाख ०७५, विराटनगर । प्रदेशसभा १ ले ‘सार्वजनिक लिखत प्रमाणिकरण विधेयक २०७४’ सर्वसम्मतले पारित गरेको छ ।
बिहीबार बसेको प्रदेशसभा बैठकले सो विधेयकलाई वहुमतले पारित गरेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सार्वजनिक लिखत प्रमाणिकरण विधेयक सदनसमक्ष टेवल गराएका थिए ।
विधेयकको समर्थनमा माओवादी केन्द्रका सांसद धिरेन्द्र शर्मा, उमिता विक र एमालेका लिलावल्लभ अधिकारीले भनाइ राखेका थिए ।
पारित विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि लागू हुनेछ ।













