३ असार ०७७, धनुषा । प्रदेश नं. २ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ महिलासहित १८५ नयाँ संक्रमित थपिएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमित संख्या दुई हजार ३ सय ६७ हो ।
समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेकाअनुसार सप्तरीमा ३, सिरहामा २, धनुषामा २१, महोत्तरीमा ९, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा २ गरी पछिल्लो २४ घण्टामा १८५ नयाँ संक्रमित थपिएको छ ।
सचिव घिमिरेले अहिलेसम्म कूल संक्रमित मध्ये ५ सय ६ जना उपचारपछि निको भएर घर फर्किसकेको बताए ।
उनले प्रदेश २ मा ३४ हजार ४ सय ४५ को स्वाब सङ्कलन गरिएकामा २१ हजार ५० जनाको रिपोर्ट नेगेटिभ आएको र १ हजार २ सय २८ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि जानकारी गराए ।