२३ पुस ०७४, भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन नहुने सुझाव दिएका छन् ।
भक्तपुरको सानोठिमीलाई प्रदेशको अस्थायी राजधानी बनाउन सरकारी कार्यदलले तयारी गरिरहेका बेला अध्यक्ष विजुक्छेले भक्तपुर सानो जिल्ला भएकाले प्रदेशको राजधानी बनाएर जनसंख्याको चाप बढाउन नहुने सुझाव दिएका हुन् ।
आइतबार नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाको २१ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष विजुक्छेले भक्तपुर अतिसुविधा सम्पन्न जिल्ला भएकाले राजधानी बनाएर झनै सुविधा सम्पन्न बन्ने स्वार्थ पाल्न नहुने धारणा राखेका हुन् ।