५ माघ ०७४, काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण लिने भएका छन् ।
राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउन लागेकी हुन् ।
राष्ट्रपति कार्यालयले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार अपराह्न ४ बजे शपथग्रहण गराउन लागिएको जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले कांग्रेस र मधेसवादी दलकाे भागवण्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेकाे थियाे ।













