प्रदेश प्रमुख ताेक्ने सरकारकाे तयारी

२३ पुस ०७४, काठमाडौं । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सात प्रदेशकाे प्रमुख ताेक्ने तयारी गरेकाे छ ।

कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशकाे प्रमुख ताेकिने बताएका हुन् ।

मन्त्री थापाले अस्थायी प्रादेशिक राजधानीबारे विभिन्न मागसहितकाे अान्दोलन र वाम गठबन्धनकाे समेत असहमति रहेकाले सरकारले के गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको बताए ।

 

‘सोमबारसम्म सहमति जुटाउन कोशिस गर्छौंं’ मन्त्री थापाले भने, सहमति नजुटे प्रदेशको अस्थायी राजधानी तोक्दैनौं ।’

उनले प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथ गराउने, प्रमुखले प्रदेशका ज्येष्ठ सांसदलाई र प्रदेश प्रमुखले प्रदेश सांसदलाई शपथ खुवाउने कार्य राजधानीमै हुनसक्ने पनि बताए ।

तपाइको मत