प्रदेश सभा समानुपातिकतर्फ दलले प्राप्त गरेको सिट सार्वजनिक (सूचीसहित)

७ पुस ०७४,  काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा समानुपातिकतर्फ राजनीतिक दलले प्राप्त गरेको सिट सार्वजनिक गरेको छ ।

समानुपातिक तर्फ २२० सिट रहेको प्रदेश सभामा एमाले समानुपातिकतर्फ ७५ सिट पाएर सबैभन्दा ठूलो दल भएको छ ।

यसैगरी नेपाली कांग्रेसले ७२ र नेकपा माओवादी केन्द्रले ३५ सिट पाएर क्रमशः दोस्रो र तेस्रो दल बनेका छन् ।

त्यस्तै संघीय समाजवादी फोरमले १३, राष्ट्रिय जनता पार्टी नेपालले १२ सिट पाएका छन् ।

यसैगरी राप्रपाले ३, विवेकशील साझा पार्टीले ३, जनमोर्चाले २ र नयाँ शक्तिले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

कुन प्रदेशमा कसको कति सिट ?

प्रदेश १

निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रदेश १ मा एमालेले १५, नेपाली काँग्रेसले १३, माओवादी केन्द्रले ५, फोरमले २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १-१ सिट पाएका छन् ।

प्रदेश २

निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रदेश २ मा एमालेले ७, कांग्रेसले ११, माओवादी केन्द्रले ५, फोरमले ९, राजपाले १० र नेपाली संघीय समाजवादी पार्टीले १ सिट पाएका छन् ।

प्रदेश ३

एमालेले १६, कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३, राप्रपा, नेमकिपाले १ र राप्रपा (प्रजातान्त्रिक)ले १ सिट जितेका छन् ।

प्रदेश ४

एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, नयाँ शक्तिले १ र राष्ट्रिय जनमोर्चाले १ सिट पाएको छ ।

प्रदेश ५

एमालेले १३, कांग्रेसले १२, माओवादीले ६, फोरमले २ तथा राप्रपाले १ र राजपाले १ सिट जितेका छन् ।

प्रदेश ६

एमालेले ६, कांगेसले ५, माओवादीले ४ र राप्रपाले १ सिट पाएको छ ।

प्रदेश ७

एमालेले ८, कांग्रेसले ८, माओवादीले ४ र राजपाले १ र राप्रपाले १ सिट जितेको छ ।

प्रदेश सभा समानुपातिकतर्फ दलले प्राप्त गरेको सिट (सूचीसहित)

 

तपाइको मत