२ फागुन ०७४, काठमाडौं । प्रदेश १ काे मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् ।
प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले राईलाई मुख्यमन्त्रीमा नियुक्तिको नियुक्त गरेका हुन् ।
प्रदेश कार्यालयले बिहीबार ३ बजे वीरेन्द्र सभागृहमा मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम राखेको छ । प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले राईलाई सपथ खुवाउने छन् । बिहीबार नै पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।
मुख्यमन्त्री नियुक्त भएपछि राईले भ्रष्टाचारलाई शून्यमा झार्ने, सुशासन कायम गर्ने बताएका छन् । केन्द्रमा र प्रदेशहरुमा सातवटा सरकार बनाइरहँदा निकै धेरै आर्थिक भार व्यहोर्नुपर्ने भएकाले अवस्था र स्थितिलाई विचार गर्दै छरितो, चुस्त खालको र सकेसम्म कम आकारको मन्त्रिपरिषद् बनाउने उनले बताए ।













