प्रदेश १ मा एमाले संसदीय दलको नेतामा शेरधन राई विजयी

२६ माघ ०७४, काठमाडौं । प्रदेश १ को एमाले संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

एमालेका सचिव एवं प्रदेश ईञ्चार्ज भीम आचार्य र पोलीटब्यूरो सदस्य तथा प्रदेशका सह–इन्चार्ज शेरधन राईले मनोनयन दर्ता गराएका थिए । जम्मा ५१ मतमध्ये राईले २६ मत विजयी  ल्याई विजय भएका हुन् । आचार्यले २४ मत प्राप्त गरे ।

मुख्यमन्त्रीको आकांक्षी धेरै भएपछि एमालेले दलको नेता चुन्न शुक्रबार आन्तरिक चुनाव गराएको थियो ।

संसदीय दलको नेताका लागि मनोनय दर्ता गराएका आर्चाय एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् भने राई पार्टी अध्यक्ष केपी ओलीका पक्षधर हुन् ।

 

तपाइको मत