१८ मंसिर ०७५, काठमाडौं । प्रदेश १ मा पुष १ देखि पिक आवरमा टिपर गुड्न रोक लगाइने भएको छ ।
टिपरका कारण दुर्घटनाको जोखिम बढाउनका साथै ट्राफिक व्यवस्थापनमा असर गरेपछि प्रदेश १ का १४ जिल्लामा पुस १ गतेबाट दैनिक ४ घण्टा पिक आवरमा टिपर गुड्न प्रतिवन्ध लगाउन लागिएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुख प्रहरी उपरीक्षक रबिकुमार पौडेलले पुस १ बाट विहान ९ देखि ११ र बेलुका ३ देखि ५ बजे सम्म टिपर आवागमनका रोक लगाइएको बताए ।
प्रमुख प्रहरी उपरीक्षक पौडेलले प्रदेश १ का सबै जिल्ला सुरक्षा समितिहरुमा निर्णय भैसकेकोले ट्राफिक प्रहरीले निर्णय कायान्वयन गर्ने बताए । उनले रोक लगाइएको समयमा टिपर चलाए कारवाहीको दाहेरामा ल्याउने बताउँदै तत्काललाई मुख्य राजमार्ग र सहायक राजमार्गमा टिपरलाई रोक लगाइएको समेत जानकारी दिए ।













