प्रदेश १, २, ५ र ७ मा १२ महिला निर्विरोध निर्वाचित

१० माघ ०७४, काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनका लागि बुधबार भएको मनोनयनमा १२ जना महिला निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नं. १, २, ५ र ७ बाट तीन जनाका दरले महिला निर्विरोध निर्वाचित भएका हुन् ।

यद्यपी उनीहरु औपचारिक रुपमा भने अन्तिम् नामावली प्रकाशनका बेलामा मात्र निर्विरोध घोषणा गरिनेछ । प्रदेश ३, ४ र ५ मा भने तीन भन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन हुनेछ ।

निर्विरोध भएका महिला उमेदबारहरु:

प्रदेश १ मा एमालेबाट नैनकला ओझा, माओवादीबाट विना पोखरेल र कांग्रेसबाट सरिता प्रसाईं हुन् ।

प्रदेश २ मा माओवादीबाट शशीकला दाहाल, कांग्रेसबाट मुक्ताकुमारी यादव र फोरमबाट प्रमिला कुमारी हुन् ।

प्रदेश ५ मा एमालेबाट कोमल वली, मीना बुढा र कांग्रेसबाट अनिता देवकोटा  हुन् ।

प्रदेश ७ मा कांग्रेसबाट तारादेवी जोशी, एमालेबाट कमला ओली र इन्दु कडरिया हुन् ।

तपाइको मत