१७ माघ ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रले ३ नम्बर प्रदेशको संसदीय दलको संयोजकमा शालिकराम जम्मरकट्टेललाई तोकेको छ ।
माओवादी केन्द्रकाे बैठकले धादिङ १ (ख)बाट प्रदेश सांसदमा निर्वाचित जमरकट्टेललाई संयोजक तोकेको हो ।
प्रदेशसभा बैठकको अघिल्लो दिन बसेकाे माओवादी केन्द्रकाे बैठकले अखिल नेपाल ट्रेड युनियन महासंघका निवर्तमान अध्यक्ष समेत रहेका जम्मरकट्टेललाई ३ नम्बर प्रदेशको संसदीय दलको संयोजक बनाउने निर्णय गरेकाे हाे ।













