प्रदेश ३ बाट बादल राष्ट्रिय सभामा विजयी

२४ माघ ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल राष्ट्रिय सभामा विजयी भएका छन् ।

प्रदेश नम्बर ३ बाट खुल्लातर्फका उम्मेदवार बादलले ३३९६ मतसहित राष्ट्रिय सभामा विजयी भएका हुन् ।

बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर ३बाट वाम गठबन्धनका साझा उम्मेदवार बनेका बादल खुल्ला सदस्यमा बिजयी भएपछि उनी अध्यक्ष हुने निश्चित भएको छ ।

एमालेसँगको सहमति अनुसार बादलको हाइड बराबरको कुनै नेता राष्ट्रियसभा सदस्यमा उठाइएको थिएनन्, सोही कारण बादल राष्ट्रिय सभाको अध्यक्ष हुने लगभग निश्चित भएको हो ।

प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्न लागेका उनलाई एमालेका नेताहरुको आग्रहमा चुनाव लड्न दिइएको थिएन ।

तपाइको मत