प्रदेश ४ मा एमाले संसदीय दलको नेतामा पृथ्वीसुब्बा निर्विरोध

२८ माघ ०७४, काठमाडौं । प्रदेश ४ मा एमाले संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

दलको नेता दाबी गरेका किरण गुरुङले उम्मेदवारी नदिएपछि गुरुङ निर्विरोध भएका हुन् । पृथ्वीसुब्बा लमजुङ प्रदेश सभा ख बाट निर्वाचित भएका थिए ।

पोखरामा लामो छलफल र संसदीय दलको बैठकपछि एमाले प्रदेश इन्चार्जसमेत रहेका किरणले उम्मेदवारी दर्ता गराएनन् ।

प्रदेश ४ मा एमालेका २७ प्रदेशसभा सदस्यमध्ये २६ ओली समूहका छन् । दुवै नेता एउटै समूहबाट प्रतिस्पर्धामा उत्रिएपछि ओलीले पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउन आग्रह गरेका थिए ।

मुख्यमन्त्री दाबेदार गुरुङले नेतृत्वको आग्रहलाई आफूले स्वीकार गरेको उल्लेख गर्दै पार्टीको प्रदेश ईञ्चार्जकै रुपमा काम गर्ने बताए ।

 

तपाइको मत