प्रदेश ४ मा पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त

२९ माघ ०७४, कास्की । प्रदेश ४ को एमाले प्रदेश सभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

आइतबार मात्र एमाले संसदीय दलको नेता चुनिएका गुरुङलाई प्रदेश सभामा एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै मुख्यमन्त्री सिफारिस गरेका थिए ।

‘मलाई २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गरिएको छ । प्रदेश नम्बर ४ निर्वाचित १२ जना सांसदको समेत समर्थन रहेकाले संविधानअनुसार नियुक्त गरिपाउँ,’ एमाले संसदीय दलका नेता पृथ्वीसुब्बाले प्रदेश प्रमुखलाई पठाएको पत्रमा भनिएको छ ।

प्रदेश ४ को ६० सदस्यीय प्रदेश सभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ ।

दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले पर्सि फागुन २ गते सपथ लिनेछन् ।

तपाइको मत