४ फागुन ०७४, काठमाडौं । प्रदेश ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएका छन् ।
शुक्रबार बिहान प्रदेश प्रमुख बाबुराम कुवरबाट एमाले संसदीय दलका नेता गुरुङले मुख्यमन्त्रीको सपथ लिएका हुन । मुख्यमन्त्री गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले र एक मन्त्रीले समारोहमा शपथ लिएका छन् ।
मुख्यमन्त्री सुब्बाले एमाले सांसद् रामशरण बस्नेतलाई उद्योग तथा वन मन्त्री बनाएर दुई सदस्यीय मन्त्रीपरिषद गठन गरेका छन् । बस्नेत गोरखा क्षेत्र नम्बर १(ख)का प्रदेशसभा सदस्य हुन् ।













